गैरआवासीय नेपाली (एनआरएनए)हरुको आइडिया ग्रुपले सुदूरपश्चिममा क्यासिनोसहितको ५ तारे होटल बनाउने भएको छ।
ग्रुपले आगामी शनिबार पाँचतारे होटलको शिलान्यास गर्नलागेको हो।
यो ग्रुपमा गैरआवासीय नेपालीको मुख्य लगानी छ। मुख्य लगानीकर्ता अइडिया ग्रुप रहे पनि पोखराका सौभाग्य रियल स्टेट एन्ड कम्पनीको समेत होटलमा लगानी रहनेछ।
‘मुख्य लगानीकर्ता एनआरएनएहरुको आइडिया ग्रुपले लगानी गर्दै छ’, सौभाग्य रियल स्टेटका सञ्चालक बिमल बसेलले नेपालखबरसँग भने, ‘शनिबार शिलान्यास गर्दै छौँ। वर्षातपछि निर्माणको काम सुरु हुन्छ।’
आइडिया ग्रुपको मुख्य कार्यालय हङकङमा छ। ग्रुपमा एनआरएनएबाहेक चिनियाँहरु पनि छन्। ग्रुपको अध्यक्ष गोकर्ण श्रेष्ठ हुन् भने इन्टरनेशनल डाइरेक्टरमा छिङ छिङ त्से छन्।
कैलालीको अत्तरिया हरैया चोकमा होटल निर्माण हुनेछ। धनगढी विमानस्थलनजिकै बन्ने होटलमा १५० कोठा हुनेछन्। आइडिया फर नेपाल प्रालिले सुदूरपश्चिमको लागि विलासितायुक्त होटल बनाउनलागेको हो।
बसेलले तारे होटल निर्माण गर्ने योजना भए पनि लगानीको विषयमा बताउन चाहेनन्।
१५ सय जना अट्ने क्यासिनो, २ हजार अट्ने सेमिनार हल, कन्फरेन्स रुम, स्विमिङ पुल, स्काई बार, स्काई वाकको सुविधा रहनेछन्।
त्यसबाहेक रुफटप हेलिकप्टर ल्यान्डिङ प्याड, पाटियो बार, जिम, रेष्टुरेन्ट सहितका सुविधाहरु रहनेछ।
आइडिया ग्रुपले चितवनको माडीमा १.८७७ एकड जमिनमा माडी होटल र ४० बिघा जग्गा समेत छ। आइडिया ग्रुपले विश्वका ४०० भन्दा प्रोजेक्टमा लागनी गरेको जनाएको छ।
Shares
प्रतिक्रिया