ad ad

कारोबार


नागढुंगा सुरुङमार्गको काम अब ४० प्रतिशतमात्रै बाँकी

नागढुंगा सुरुङमार्गको काम अब ४० प्रतिशतमात्रै बाँकी

नेपालखबर
साउन २२, २०७९ आइतबार १५:०, काठमाडौँ

नागढुंगा सुरुङमार्गको काम अब ४० प्रतिशतमात्रै सम्पन्न गर्न बाँकी छ। 

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार आइतबारसम्म ६० प्रतिशत काम सकिएको हो। 

मुख्य सुरुङमार्ग २ हजार ६८८ मिटरमध्ये १४ सय ७५ मिटर खनिएको छ। जसमा पूर्वबाट ७७० र पश्चिमबाट ७०५ मिटर रहेको आयोजनाले जनाएको छ। 

आकस्मिक सुरुङमार्ग २ हजार ५५७ मिटर रहेकोमा १६ सय १३ मिटर खनिएको छ। मुख्य सुरुङमार्ग र आकस्मिक सुरुङमार्गको क्रस प्यासेज १२८ मिटरमध्ये ६२ मिटर छ। 

कुल ५ हजार ४९९ मिटरमध्ये ३ हजार २७६ मिटर सुरुङ खनिएको छ। सुरुङमार्गमा कंक्रिट लाइनिङको काम २१ प्रतिशत पुगेको छ। 

आयोजना निर्देशक नरेशमान शाक्यका अनुसार कुल भौतिक प्रगति ४१ प्रतिशत र वित्तीय प्रगति ४७ प्रतिशत पुगेको छ। 

आयोजनामा ३ वटा अन्डरपास, ४ वटा बक्सकल्भर्ट, १ वटा ओभरपास, ३ वटा पुल निर्माणसम्पन्न भएको छ। फ्लाईओभरको काम भने बाँकी छ। 

लामो समय जग्गा अधिग्रहण गर्न नसकेको आयोजनाले ८५ प्रतिशत जग्गा अधिग्रहण गरेको छ। ४ वटा फाउन्डेसनमध्ये २ वटाको काम सम्पन्न भएको शाक्यले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .