नेकपा माओवादीले वैदेशिक लगानी भित्राउँदै हरेक प्रदेशमा २ वटा औद्यौगिक केन्द्र स्थापना गर्ने सार्वजनिक गरेको छ।
आगामी निर्वाचनको प्रतिवद्धता सार्वजनिक गर्दै प्रदेश सरकारसँगको सहकार्यमा प्रत्येक प्रदेशमा कम्तीमा २ र हरेक पालिकामा कम्तीमा १ वटा औद्योगिक ग्राम स्थापना गर्ने भएको हो।
प्रदेश सरकार, पालिका र निजी क्षेत्रसँग समन्वय गरी प्रत्येक वडामा २ वटा घरेलु तथा साना उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाएको छ।
यसरी स्थापित भएका साना उद्योगलाई बजारीकरण गर्न पालिकाहरुद्वारा पालिका बजार र प्रर्दशनी स्थल निर्माण गर्ने व्यवस्था गर्नेछ।
वार्षिक १ करोडभन्दा माथिको विद्युत् उपयोग गर्ने, कृषि वस्तुको प्रशोधन गर्ने, शत प्रतिशत नेपाली कच्चा पदार्थ उपयोग गर्ने उद्योग र निर्यात हुने वस्तु उत्पादन गर्ने उद्योगलाई विद्युत महसुलमा छुट दिइने प्रतिवद्धता व्यक्त गरेको छ।
२०० जनाभन्दा बढीलाई रोजगारी सिर्जना गर्ने नयाँ उद्योगलाई करमा छुट दिने व्यवस्था गरिने उल्लेख गरेको छ।
Shares
प्रतिक्रिया