ad ad

कारोबार


विदेशी ऋण भित्र्याएका बैंकलाई विदेशी विनिमय जोखिम कम गर्न हेजिङ सुविधा

विदेशी ऋण भित्र्याएका बैंकलाई विदेशी विनिमय जोखिम कम गर्न हेजिङ सुविधा

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १२:९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त ‘क’ वर्गको वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका ‘ख’ वर्गको विकास बैंकहरु र इजाजतपत्रप्राप्त निकायहरुका लागि एकीकृत परिपत्र २०७८ मा संशोधन गरेको छ। 

संशोधनमार्फत केन्द्रीय बैंकले विदेशी ऋण भित्र्याएका बैंकलाई ऋण रकम र अवधिसम्मको डेरिभेटिभ्सको खरिद कारोबार गर्न हेजिङ सुविधा दिने भएको हो।  

हेजिङ वित्तीय सम्पत्तिको जोखिम कम गर्ने एउटा रणनीति हो। यसले वित्तीय साधन वा बजार रणनीतिहरु प्रयोग गरी ऋणको जोखिम कम गर्छ।

यसका लागि खरिद कारोबारको लागि सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ। 

‘यस बैंकको स्वीकृतिमा १ वर्ष वा सोभन्दा बढी अवधिको विदेशी ऋण भित्र्याएका ‘क’ वर्गका बैंकलाई विदेशी विनिमय जोखिम हेजिङ गर्ने प्रयोजनको लागि उक्त ऋणको बक्यौता सावाँ तथा ब्याज बराबर हुने रकमसम्मको र ऋणको अवधिसम्मको डेरिभेटिभ्सको खरिद कारोबार गर्न बुँदा नं. ग र घ मा उल्लिखित सीमा लागू हुनेछैन’, केन्द्रीय बैंकले भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .