मर्जर तथा एक्विजिसन (गाभिने वा प्राप्ति)मा जाने कम्पनीको सेयर कारोबार रोक्कासम्बन्धी नयाँ व्यवस्था १० दिनमा आउने भएको छ।
धितोपत्र बोर्डले १० दिनभित्र यससम्बन्धी कार्यविधि सार्वजनिक गर्ने बताएको हो।
धितोपत्र बोर्डले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। बोर्डका अध्यक्ष रमेश हमालले मौद्रिक नीतिले बोर्डलाई त्यसको अधिकार दिएकोले बोर्डले कार्यविधि तयार गर्न लागेको बताए।
उनले भने, ‘बोर्डको एक टोलीले त्यसमा काम गरिरहेको छ र केही दिनमा त्यो सार्वजनिक हुन्छ।’
54
Shares
प्रतिक्रिया