लघुबिमा कम्पनीको लाइसेन्स खुलेको छ। बीमा समितिले ७ वटा लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो।
सात प्रदेशमा एउटा एउटा हुने गरि ३ जीवन र ४ निर्जीवन लघुबिमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरी आज सूचना जारी गरेको छ।
लघु बीमा कम्पनीको चुक्ता पुजी ७५ करोड रुपैयाँ हुने बताइएकाे छ। आगामी ३५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
सूचनामा उल्लेख गरे अनुसार लघु बीमामा यसअघि नै कुनै बीमा कम्पनीमा प्रतिहिस्सेदारी रहेको भए अर्थात् क्रस होल्डिङ हुने गरी लगानी गर्ने गरी आवेदन दिन पाइने छैन।
लघु बिमाको प्रस्ताव गर्दा आवेदकले काठमाडौं उपत्यका बाहिरका प्रदेश स्तरका लागि गर्नु पर्नेछ । जसमा छनौट गर्दा समितिले कुन प्रदेशमा मुख्य कार्यालयल राख्ने निर्धारण गर्नेछ।
समितिमा सूचनामा भनेको छ,‘यसअघि नै प्राप्त भएका नयाँ लघु बीमा कम्पनी ल्याउने आवेदनलाई रद्द गर्दै आवेदकलाई पुनः प्रस्ताव गर्नुपर्ने र छनौट प्रतिस्पर्धाबाट हुनेछ।’
Shares
प्रतिक्रिया