एक हप्तामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ अर्बले घटेको छ। गत हप्तासम्म बैंक तथा वित्तीय संस्थामा ५० खर्ब ४९ अर्ब रुपैयाँ संकलन गरेको देखिएकोमा यो हप्ता ५० खर्ब ४४ अर्ब मा झरेको हो।
त्यस्तै बैंक तथा वित्तिय संस्थाको ऋण प्रवाहमा समेत धेरै बढ्न सकेको छैन।
बैंक तथा वित्तीय संस्थामा तरलतामा टाइट हुँदै गए पछि एक हप्तामा ऋण प्रवाहसमेत १ अर्ब रुपैयाँले मात्रै बढेको छ।
गत हप्ता सम्ममा ४६ खर्ब ८७ ऋण प्रवाह भएकोमा यो हप्ता ४६ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंक ले जनाएको छ।
57
Shares
प्रतिक्रिया