ad ad

कारोबार


नबिल बैंकले कमायो ४ अर्ब ९७ करोड मुनाफा

नबिल बैंकले कमायो ४ अर्ब ९७ करोड मुनाफा

नेपालखबर
साउन २०, २०७९ शुक्रबार १२:०, काठमाडौँ

नबिल बैंकले गत आर्थिक वर्षमा गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकले गत आवको चौथो त्रैमासिकमा मात्रै १ अर्ब ६२ करोड ७ लाख १३ हजार रुपैयाँ खुद मुनाफा गरेको हो। 

योसँगै बैंकको खुद मुनाफा झण्डै ५ अर्ब पुगेको हो। बैंकले अघिल्लो आवमा ४ अर्ब ५२ करोड ७५ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 

नबिल बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार करअघिको नाफा ७ अर्ब १० करोड ४१ लाख ८१ हजार रुपैयाँ छ। त्यस्तै गत आवमा ११ अर्ब २३ करोड १८ लाख ४१ हजार रुपैयाँ खुद सञ्चालन आय गरेको बैंकले ७ अर्ब ९ करोड ६३ लाख ४२ हजार सञ्चालन नाफा निकालेको छ। 

बैंकको कुल सञ्चालन आय भने ११ अर्ब ९३ करोड ५४ लाख १९ हजार रुपैयाँ छ। बैंकले ९ अर्ब ४३ करोड १९ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

बैंकमा निष्क्रिय कर्जा १.५४ प्रतिशत, सीडी रेसियो ८९.७९ प्रतिशत रहेको छ। बैंकको आधार दर ८.७७ रहेको छ भने स्प्रेडदर ४.२२ प्रतिशत रहेको बैंकले जनाएको छ। त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २६.८० रुपैयाँ रहेको छ। 

बैंकको कुल सम्पत्ति ४ खर्ब १६ अर्ब १७ करोड २ लाख ४१ हजार रुपैयाँ रहेको छ भने सञ्चित कोषमा २६ अर्ब ३७ करोड ९१ लाख ८६ हजार रुपैयाँ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .