ad ad

कारोबार


सिप्रदीको इटहरीमा दसैं अफर, जेन्यून पार्ट्स‍मा विशेष छुट

सिप्रदीको इटहरीमा दसैं अफर, जेन्यून पार्ट्स‍मा विशेष छुट

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १४:२३, काठमाडौँ

सिप्रदी अटोपार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैं अफर ल्याएको छ।

नेपालीहरुको महान चाड दसैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो ।

अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेश्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रा. लि. का सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्त रुपमा गरेका हुन् ।

टाटा कमर्सियल गाडीका धनीले अझ बढी सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्यसहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।

यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयु बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुट्कारा मिल्ने विश्वास कम्पनीले लिएको छ ।

यो अफरमा ग्राहकले एक बट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक बट्टा आयल नि:शुल्क पाउनेछन् ।

यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका संचालक वोध प्रसाद तिमिल्सिनाले बताए ।

यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .