ad ad

कारोबार


नासा नेपाल बागमती प्रदेश अध्यक्षमा राजन पिया

नासा नेपाल बागमती प्रदेश अध्यक्षमा राजन पिया

नेपालखबर
साउन २२, २०७९ आइतबार ११:५५, काठमाडौँ

नेपाल अटो मोबाइलस एसोसीएसन (नासा नेपाल) बागमती प्रदेशको अध्यक्षमा चितवनका राजन पिया चयन भएका छन्। 

बागमती प्रदेशको ७ जिल्लाका प्रधिनिधिहरुको चितवनको नारायणघाटमा सम्पन्न भएको भेलाले चितवनका पियाको अध्यक्षतामा १३ सदस्यीय प्रदेश संघ चयन गरेको छ।

बागमती परदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी तथा एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईको उपस्थितिमा सम्पन्न सो भेलाले प्रदेश संघको चयनसँगै वार्षिक कार्यक्रम अनुमोदन, सदस्यता वितरण तथा भरतपुर महानगरपालिकासँग सडक सुरक्षाका लागि सहकार्य गर्नेलगायतका निर्णयहरु गरेको छ।

भेलाले काभ्रेका दिपेश योगल श्रेष्ठ, चितवनका गोपाल भट्टराई, काठमाडौँका कुन्दन श्रेष्ठ, चितवनका यज्ञ पौडेल, धादिङ्गका इन्द्र त्रिपाठी, चितवनका जनक ढकाल, सिन्धुलीका गोवर्द्धन राज कोजु, मकवानपुरका रञ्जन श्रेष्ठ, चितवनका देबेन्द्र अधिकारी, दोलखाका नजरमान मानन्धर र चितवनका प्रसिद्ध रिजाललाई सदस्यमा चयन गरेको छ। 

त्यसैगरी रोड सेफ्टीबाट इन्जिनियर पुरन सुबेदी र महिलामा सोमा श्रेष्ठ (काभ्रे) र सुनिता रेग्मी (चितवन) समेत सदस्यमा चयन भएका छन्।

मोटर र मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र सडक सुरक्षाको क्षेत्रमा क्रियाशील रहने गरी डेढ दशकअगाडि स्थापित नासा नेपालले हाल विभिन्न प्रदेश संघहरु गठन गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .