ad ad

कारोबार


सिरहामा एनआईसी एसियाको शाखारहित बैंकिङ सेवा

सिरहामा एनआईसी एसियाको शाखारहित बैंकिङ सेवा

नेपालखबर
असार २, २०७६ सोमबार ५:५१,

एनआईसी एसिया बैंकले सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १०, जिरोमाइलमा आपm्नो ३२औँ शाखारहित बैंकिङ सेवा गत जेठ ३१ गतेबाट सञ्चालनमा ल्याएको हो।

बैंकिङ सेवाको उद्घाटन धनगढीमाइ नगरपालिकाका मेयर हरि नारायण चौधरीले गरेका हुन्। उक्त शाखारहित बैंकिङ सेवाका बैंक प्रतिनिधिको रुपमा भोगिलाल महतोलाई नियुक्त गरिएको बैंकले जनाएको छ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न क्षेत्रका स्थानीयबासीले आफ्नो स्थानीय तहमै प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन्। साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ। यस्तो सेवाबाट स्थानीयबासीहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

मुलुकभर बैंकले २ सय ८४ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४१ वटा एक्स्टेन्सन काउण्टर एवं ३२ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .