कारोबार

Tata MotorsTata Motors

काठमाडौं-केरुङ रेलमार्ग निर्माणबारे छलफल गर्न चीन जाँदै


नेपालखबर
काठमाडौं, असार २

काठमाडौं–केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्न नेपालको सरकारी टोली आज (सोमबार) चीन जाँदै छ।

रेल्वे कनेक्टिभिटी, मानवीय स्रोत विकास र पूर्वाधार निर्माणलगायत विषयमा छलफल गर्न नेपाली टोली चीनको राजधानी बेइजिङ जान लागेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीको नेतृत्वमा ७ सदस्यीय टोली बेइजिङ जानेछ।

मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीका अनुसार रेल पूर्वाधार विकाससम्बन्धी छलफल गर्न ५ दिनका लागि चीन भ्रमणमा जान लागिएको हो।

टोलीमा मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देल र प्रवक्ता राजेश्वर ज्ञवाली, रेल विभागका महानिर्देशक बलराम मिश्र, प्रवक्ता अमन चित्रकार तथा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका एक÷एक प्रतिनिधि सहभागी हुनेछन्। यसैगरी टोलीमा चीनस्थित नेपालको राजदूतावासका प्रतिनिधि पनि सहभागी हुने मन्त्रालयले जनाएको छ।

भ्रमणको मुख्य विषय काठमाडौं–केरुङ रेलमार्ग निर्माणका विषयमा छलफल गर्नु हो। साथै काठमाडौं–पोखरा रेलमार्ग निर्माणका विषयमा पनि छलफल गरिने सरकारले जनाएको छ।

असार २, २०७६, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors