सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ थप दुई शाखारहित बैंकिङ सेवा शुरू गरेको छ।
बैंकले ३४औँ शाखारहित बैंकिङ सेवा तनहुँको व्यास नगरपालिका–९, गजौडे र ३५ औँ शाखारहित बैंकिङ सेवा उदयपुरको त्रियुगा नगरपालिका–६, जलजले बजारमा शुरुआत गरेको जनाएको छ।
यो सँगै बैंकको कुल शाखारहित बैंकिङ सेवा सङ्ख्या ३५ पुगेको छ। बैंकिङ सेवा नपुगेका क्षेत्रका जनतालाई बैंकिङ सेवाको पहुँच शाखारहित बैंकिङ सेवामार्फत उपलब्ध गराउँदै जाने बैंकले लक्ष्य लिएको छ। रासस
3
Shares
प्रतिक्रिया