ad ad

कारोबार


विज्ञापन विधेयकको विरोधमा केवल नेट व्यवसायी

विज्ञापन विधेयकको विरोधमा केवल नेट व्यवसायी

नेपालखबर
असार १, २०७६ आइतबार १३:१०,

सरकारले प्रस्तुत गरेको विज्ञापन विधेयकको विरोधमा केवलनेट व्यवसायीहरु देखिएका छन्।

हाल संसदमा पेस भएको उक्त विधेयकले क्लिन फिड लागु हुनुपर्ने व्यवस्था गरेपछि उनीहरुले त्यसको विरोध जनाएका हुन्।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समिति, इन्टरनेट सेवा प्रदायक एसोसिएसन, नेपाल केवल टेलिभिजन महासंघ, डिस मिडिया नेटवर्क लिमिटेडले संयुक्त विज्ञप्ती जारी गर्दै विज्ञापन विधेयकमा उल्लेख गरिएको क्लिन फिड नीति (विदेशी विज्ञापन रहितको प्रसारण) मान्य नहुने जनाएका छन्।

इण्डियन ब्रोकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक नहुने जानकारी गराएकोले नेपालमा भारतका च्यानलहरु प्रासारण नहुने उनीहरुले बताएका छन्। नेपालमा लोकप्रिय कलर टीभी, स्टारप्लस, जी टीभी, लगायतका मनोरञ्जनका च्यानल लगायत स्पोर्टसका च्यानलहरुबाट नेपालीहरु बन्देज हुनपर्ने विज्ञप्तिमा उल्लेख छ।

असार ९ गते दिउँसो १२ बजेदेखि २४ घण्टा सरकारले लागु गर्न खोजेको नीति स्पष्ट टीभीमा देखाउने समेत जनाइएको छ। विज्ञप्तीमा उल्लेख भए अनुसार विज्ञापन रहित च्यानलहरु मात्र प्रसारण गर्दाको व्यवस्था जे सिर्जना हुन्छ, दर्शकहरुलाई अनुभव गराइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .