ad ad

कारोबार


काठमाडौं महानगर र नविल बैंकबीच सौन्दर्यकरण सम्बन्धी सम्झौता

काठमाडौं महानगर र नविल बैंकबीच सौन्दर्यकरण सम्बन्धी सम्झौता

नेपालखबर
असार १, २०७६ आइतबार १२:१८,

नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिकाबीच सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गर्ने विशेष सौन्दर्यकरण सम्झौता भएको छ।

सम्झौता अनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकमा सौन्दर्यकरण गरिनेछ।

आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको स्प्रे प्रवाहित गरी वर्षै भरी फूल फूलाई हरियालीयुक्त रमणीय बनाउन काठमाडौं महानगरपालिका तथा नविल बैंक लिमिटेडको सहकार्य रहने जनाइएको छ।

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले नबिल बैंकसंगको यस सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको जानकारी दिए।

उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सहकार्यले नविल बैंकले अवलम्वन गर्दै आएको हरितकरण प्रयासलाई टेवा पूर्याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृद्धि गरी शहरको वातावरण समेतलाई सपार्ने विश्वास जनाए।

नविल बैंकले आफनो सेवाग्राहीलाई ७९ वटा शाखा संजाल, १३३ वटा एटीएम र एक हजार पाँच सय भन्दा बढी नविल रेमिट एजेन्ट मार्फत देशभरी सेवा दिँदै आएको र विश्व भरी फैलिएका सम्पर्क कार्यालय मार्फत सेवा दिदैं ‘द बैंक अफ फस्ट च्वाईस’ हुन सफल भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .