ad ad

कारोबार


कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट

कर्णाली प्रदेशले ल्यायो ३४ अर्ब ३५ करोडको बजेट

नेपालखबर
असार १, २०७६ आइतबार १२:७,

कर्णाली प्रदेशले आगामी आर्थिक वर्षको लागि ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारको बजेट ल्याएको छ। आज प्रदेश अर्थमन्त्री प्रकाश ज्वालाले संसदमा पेस गरेको बजेटअनुसार चालू खर्चतर्फ १३ अर्ब ५ करोड रुपैयाँ विनियोजन भएको छ। त्यस्तैगरी पुँजीगत तथा वित्तीय व्यवस्थापनतर्फ १२ अर्ब रुपैयाँ विनियोजन भएको हो।

कर्णाली प्रदेशले उक्त खर्च जुटाउन आन्तरिक राजस्वमार्फत आठ अर्ब रुपैयाँ संकलन गर्ने अनुमान गरेको छ। त्यस्तै संघीय सरकारबाट राजस्व बाँडफाँटमार्फत सात अर्ब, प्राकृतिक प्रोतको रोयल्टी बाँडफाँटमार्फत दुई करोड वित्तीय समानीकरण अनुदानबाट नौ अर्ब सशर्त अनुदानबाट ५ अर्ब र समपूरक अनुदान र विशेष अनुदानबाट एक अर्ब ८१ करोड रुपैयाँ जुटाउने उल्लेख गरेको हो।

आगामी आर्थिक वर्षमा कर्णाली प्रदेशले एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम ल्याएको छ, जसको लागि सरकार २४ वटा सडकलाई बहुवर्षीय आयोजनाको रुपमा अघि बढाएको छ। त्यसको लागि १ अर्ब २९ करोड रुपैयाँ विनियोजन भएको छ। भौतिक पूर्वाधार विशेष कार्यक्रम समेत सञ्चालन गर्ने आज प्रस्तुत भएको बजेटले उल्लेख गरेको छ। त्यसको लागि १ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ। ग्रामीण विद्युतीकरण कार्यक्रम सञ्चालन गर्ने र त्यसको लागि ५५ करोड रुपैयाँ विनियोजन गरेको उल्लेख छ।

एक घर एक धारा, विद्यालय र स्वास्थ्य संस्थामा खानेपानी सुविधा नामक कार्यक्रम समेत ल्याएको छ। यसको लागि ३८ करोड ३५ लाखको बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .