ad ad

कारोबार


कृति अवार्डका लागि मंगलबारदेखि फारम खुल्ने

कृति अवार्डका लागि मंगलबारदेखि फारम खुल्ने

नेपालखबर
असार १, २०७६ आइतबार १०:५३,

नेपाल विज्ञापन संघको आयोजनामा हुनलागेको ११औं ‘नेपाल आइस कृति अवार्ड’को आवेदन मंगलबारदेखि खुला गरिने भएको छ। असार मसान्तसम्म आवेदन दिने गरी फर्म खुल्ला गरिने नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले जानकारी दिए। ३१ गतेपछि जुरीले ती आवेदनमाथि छानविन गरी सर्ट लिस्ट गर्ने र भदौ १३ गते सोल्टी होटेलमा अवार्ड वितरण गर्ने जनाइएको छ। २०७५ वैशाख १ गतेदेखि चैत ३० गतेसम्म बनेका नेपाली विज्ञापनहरुले तीनवटा समूहमा आवदेन दिन पाउनेछन्।

विज्ञापन संघको महत्वपूर्ण कार्यक्रमअन्तर्गत २०६० सालदेखि सुरु भएको कृति अवार्ड हो। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरि आनका अध्यक्ष शशीले पहिलो पटक आवेदन अनलाइनमार्फत पनि गर्न सकिने व्यवस्था गरिएको र यो परीक्षणका लागि भएको बताए। आवेदनसँगै हार्ड कपी र शुल्क तिर्न विज्ञापन संघकै कार्यालयमा उपस्थित हुनुपर्ने जानकारी दिए। १०औं अवार्डमा २८ विधा समेटिएकोमा यस पटक थप २ वटा विधा थप गरेर ३० पुर्याइएइको छ।

कार्यक्रममा जुरी डा. भोजराज अर्यालले विगतको भन्दा पनि भव्य बनाउँदै लैजानका लागि सम्पूर्ण मिहिनेत गर्ने बताए । यस्तो अवार्डले नेपाली विज्ञापन बजारको कला र मौलिकता संरक्षण गर्नका लागि पनि थप सहयोग पुग्ने उल्लेख गरे। निर्वतमान अध्यक्ष सन्तोष श्रेष्ठले आफ्नो कार्यकालमा नवौ कृति अवार्ड मात्रै आयोजना गर्न पाएको बताउँदै भूकम्पका कारण तत्कालिन अवस्थामा सम्भव नभएको उल्लेख गरे । यसलाई अझै अन्तर्राष्ट्रियस्तरको अवार्ड बनाउनका लागि पहल गर्नुपर्नेमा कार्यसमितिका पदाधिकारीहरुलाई आग्रह गरेका थिए।

सो अवसरमा आनले आफ्नो वेभसाइट पनि लञ्च गरेको थियो। डिजिटल युगमा नेपाल प्रवेृश गरिसकेको अवस्थामा आनले पनि आफ्ना गतिविधिहरुलाई वेभसाइट मार्फत सार्वजनिक गर्ने र कृति अवार्डको फर्म पनि संकलन गर्ने हुनाले वेभ साइट सञ्चालनमा ल्याएको यसका संयोजक तथा आनका कार्यसमिति सदस्य जीवन पोखरेलले जानकारी दिए। महासचिव राजु कुँइकेलले विज्ञापन संघले वेभसाइट सञ्चालन गरेको र त्यसबाट एकमुष्ट सूचनाहरु लिनका लागि सबै विज्ञापन एजेन्सीलाई आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .