‘मेगा रेमिट’ सेवालाई विभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ।
इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी)सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमिटको सेवा विस्तार गरेको हो। जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ।
जीएमटीका दुई सय ४० वटा शाखाबाट नेपालीहरुले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन्। नेपालीहरुले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ।
मेगा बैंकले ‘मेगा रेमिट’ सेवालाई संसारका विभिन्न देशहरुमा जोड्ने क्रमलाई तीव्रता दिएको छ। अन्य देशहरुमा पनि यसैगरी रेमिट सेवा विस्तार गर्ने बैंकको योजना छ।
प्रतिक्रिया