ad ad

कारोबार


सेयर काराेबारमा वाणिज्य बै‌ंकहरु अगाडि, बजार दोहोरो अंकले घट्यो

सेयर काराेबारमा वाणिज्य बै‌ंकहरु अगाडि, बजार दोहोरो अंकले घट्यो

नेपालखबर
असार १, २०७६ आइतबार १०:१,

साताको पहिलो कारोबार दिन नै सेयर कारोबार मापक सूचक दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११.३६ अंकले घटेर १२५८.२७ अंकमा रोकिएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.८७ अंकले झरेको छ।

कुल ११ समूहका १ सय ७४ कम्पनीको कारोबार भए पनि आज ४७ करोड २५ लाखको मात्रै कारोबार भएको छ। आज उक्त कम्पनीका १४ लाख ७३ हजार कित्ता सेयर किनबेच भएका छन्।

आज बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको थियो। आज बजारमा ६ हजार ९ सय ३ पटक सेयर खरिदबिक्री भएका थिए। आज सबै समूहका सूचक राताम्य भएका छन्। सबैभन्दा बढी निर्जीवन बीमाको १११.०३, उत्पादन र जीवन बीमाको क्रमशः ३५.२९ र ३५.४५, होटलको २७.५७, विकास बैंकको ११.९२, ऊर्जा १०.८१, माइक्रोफाइनान्सको ३०.२ अंकले कारोबार घटेका छन्।

कारोबारका हिसाबले आज नेपाल बैंकको सबैभन्दा बढी २ करोड ९५ लाखको, शिवम् सिमेन्टको २ करोड ५५ लाखको, सिद्धार्थ बैंक लिमिटेडको २ करोड ५४ लाखको, कृषि विकास बैंकको १ करोड ८१ लाखको, एनआईसी एसिया बैंकको १ करोड ६० लाखको, प्रभु बैंकको १ करोड ४१ लाखको, माथिल्लो तामाकोशीको १ करोड २४ लाखको प्रिमियर इन्स्योरेन्सको १ करोड २१ लाखको, कुमारी बैंकको १ करोड १५ लाखको र नबिल बैंकको १ करोड १० लाखको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

कमाइका हिसाबले आज नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले २२ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। त्यस्तै, गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले १८ रुपैयाँ, गुराँस लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १६ रुपैयाँ कमाएका छन्। रकमका हिसाबले आज युनिलिभर नेपाल लिमिटेडका सेयरधनीले एकैदिन ३ सय ७६ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। कम्पनीको प्रतिसेयर मूल्य १९ हजार ६ सय ८० रुपैयाँ पुगेको छ।

त्यस्तै गुमाउने कम्पनीमा भने आज महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था अगाडि छ। यसका सेयरधनीले ७.८८ प्रतिशत अर्थात् ३६ रुपैयाँ प्रतिसेयर घाटा व्यहोरेका छन्। त्यस्तै विजय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३४ रुपैयाँ घाटा व्यहोर्दा लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ४३ रुपैयाँ गुमाएका छन्। रकमका हिसाबले आज नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ८८ र जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले प्रतिसेयर मूल्यमा १ सय ४ रुपैयाँ गुमाउनुपरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .