नेपाल विद्युत् प्राधिकरणले एकैपटक एक हजार पाँच सय ७४ जना कर्मचारीको सरुवा गरेको छ।
प्राधिकरण सञ्चालक समितिको गत वैशाख २९ को बैठकको निर्णयअनुसार जेठ ३० मा सरुवा, काज खटाउने तथा फिर्ता गर्ने र जिम्मेवारी तोक्ने निर्णय भएबमोजिम उक्त कर्मचारी सरुवा गरिएको हो।
सरुवा गर्दा प्रचलित ऐन, कानुन, विनियम, नियमावलीको आधारमा सम्भव भएसम्म कर्मचारीले रोजेको कार्यालय, फरक क्षमता भएका कर्मचारी, महिला तथा एक महिला÷पुरुष कर्मचारी र सहयोगी स्तरका कर्मचारीलाई न्याय हुने गरी व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।
को कहाँ सरुवा? सूची हेर्नुहोस्ः
प्रतिक्रिया