आज (आइतबार) देखि काठमाडौंको न्युरोडमा मोबाइलबाटै पार्किङ स्थल बुकिङ गर्न सकिने भएको छ।
काठमाडौं महानगरपालिकाले ह्विल्स ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्युरोडका पाँच स्थानमा आज स्मार्ट पार्किङ सेवा सुरु गर्न लागेको हो।
मेयर विद्यासुन्दर शाक्यले पार्किङ सेवाको उद्घाटन गर्ने कार्यक्रम छ।
महानगरपालिकाका अनुसार स्मार्ट पार्किङ रामेश्वर मिठाई पछाडिको भाग, विशालबजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्स अगाडिको स्थानमा व्यवस्था गरिनेछ।
स्मार्ट पार्किङ मार्ट, पार्किङ स्टेसनमा एकपटकमा झन्डै ८ सय मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिने बताइएको छ। उपभोक्ताले मोबइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ गर्ने ठाउँ बुकिङ गर्न सक्नेछन्।
प्रतिक्रिया