ad ad

कारोबार


सातै प्रदेशका बजेट सार्वजनिक हुँदै, कुनको कति?

सातै प्रदेशका बजेट सार्वजनिक हुँदै, कुनको कति?

नेपालखबर
असार १, २०७६ आइतबार २:३२,

देशका सातवटै प्रदेश सरकारले आज (आइतबार) आर्थिक वर्ष २०७६/७७ को बजेट ल्याउने तयारी गरेका छन्।

सात प्रदेशले कूल २ खर्ब ५४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने अनुमान गरिएको छ।

प्रदेश १ ले ४० अर्ब, प्रदेश २ ले ३५ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३२ अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३३ अर्ब र सुदूरपश्चिम प्रदेशले २९ अर्बको बजेट ल्याउने तयारी गरेका हुन्।

साना आयोजनाभन्दा पनि ठूला आयोजना प्रदेश सरकारको प्राथमिकतामा परेका छन्। सबै प्रदेशले विशेषगरी कृषि, पर्यटन, सडक, खानेपानी र उद्यमलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेका श्रोतले जनाएको छ।

प्रदेश १ सरकारले चालू आर्थिक वर्षको भन्दा १५ देखि २० प्रतिशत ठूलो बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

प्रदेशको नीति तथा कार्यक्रममा विराटनगर(धरान, काकडभिट्टा-झुम्का अर्वान करिडोर निर्माण गर्ने, चतरा क्षेत्रबाट जल यातायात सञ्चालन गर्ने, विराटनगर विमानस्थल विस्तार गर्ने, सबै स्थानीय तहको केन्द्रमा कालोपत्रे सडक पु¥याउने, धरान(मूलघाट सुरुङ मार्ग, केचनाकवल–सगरमाथा द्रुतमार्ग निर्माण गर्नेलगायतका कार्यक्रम समेटिएका छन्।

प्रदेश २ सरकारले करिब ३५ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ। चालू आर्थिक वर्षका लागि प्रदेश २ को बजेट २९ अर्बको थियो।

बजेटमा कृषि क्षेत्रको चौतर्फी विकाससम्बन्धी योजनालाई मुख्य प्राथमिकतामा राखिएको आर्थिक मामिलामन्त्री विजयकुमार यादवले जानकारी दिए।

प्रदेश नम्बर ३ सरकारले सुरुङमार्ग, चक्रपथ, स्वास्थ्य प्रतिष्ठान र विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखेर करिब ५० अर्ब रुपैयाँ बराबरको बजेट ल्याउँने तयारी गरेको छ।

बजेटको सबैभन्दा ठुलो अंश पूर्वाधार निर्माणमा खर्च गर्न लागिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३२ अर्बको बजेट ल्याउने तयारी गरको छ।

बजेटमा क्षेत्र विकास कोषमार्फत प्रदेश सांसदलाई रकम विनियोजन गर्न लागिएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले जनाएको छ।

बजेटमा प्रतिसांसद २ करोडका दरले रकम विनियोजन गर्ने स्रोतले जनको छ। यस्तो रकम प्रत्यक्ष निर्वाचित सांसदलाई मात्रै हो कि समानुपातिक तर्फकालाई पनि हो भन्नेबारे खुलेको छैन।

प्रदेश ५ सरकारले दीर्घकालीन महत्वका रणनीतिक योजना समेटेर चालू आवका लागि ३५ अर्बको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश ५ सरकारले गत आवमा ३५ अर्ब बराबरको बजेट ल्याएको थियो।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६र७७ का लागि ३३ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षमा प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको थियो।

संघीय सरकारबाट समानीकरण अनुदानतर्फ ९ अर्ब ८४ करोड ८३ लाख र राजस्व बाँडफाँडतर्फ ७ अर्ब ४४ करोड ४३ लाखको सिलिङ प्राप्त भएकाले सोही अनुसार आर्थिक वर्ष २०७६र७७ को बजेट बनाइएको कर्णाली प्रदेश सरकारले जनाएको छ।

त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवका लागि करिब २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ।

कृषि, पूर्वाधार, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानीजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट ल्याइने आन्तरिक मामिला तथा योजना मन्त्री भपट बोहराले जानकारी दिए।

‘सुदूरपश्चिमको समृद्धि हुनेगरी बजेटमा ठोस योजना समावेश गरेका छौँ,’ बोहोराले भने।

सुदूरपश्चिम सरकारले चालू आर्थिक वर्षका लागि २५ अर्ब ६ करोड ५६ लाख १४ हजारको बजेट ल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .