NepalKhabar NepalKhabar

कारोबार


नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ को उद्घोष

नबिल बैंकद्वारा ‘नबिल दिगो बैंकिङ’ को उद्घोष

नेपालखबर
असार १५ ,

नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ। बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत सो घोषणा गरेको हो।

नबिल दिगो बैंकिङको माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरूलाई वित्तीय पहुँच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरूमा उद्यमशीलतालाई प्रवर्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरिएको हो।

संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग पंक्तिबद्ध भएर नबिल दिगो बैंकिङले भौगोलिक, जनसांख्यिकीय र आर्थिक स्तरसम्म गएर सुदृढ नेपालको लागि स्थायी लघुउद्यम सिर्जना गर्नको निमित्त सुविधाहरू प्रदान गर्ने सोच नबिलले लिएको छ।

बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले भने, ‘समग्र बैंकिङ क्षेत्रले लाखौंको जीवनलाई छुने र सबै पक्षमा सकारात्मक प्रभावहरू ल्याउन सक्षम भएको छ। वर्षौंको दौडान, हामी साथसाथै अर्थव्यवस्थाको आकार, व्यक्तिको जीवन र व्यवसायको प्रगति भएको छ। हामीले मानिस, वातावरण, समुदाय, राष्ट्रिय अर्थव्यवस्था र पूरै देशको जीवनमा पार्ने प्रभावहरूको बारेमा सचेत रहन आवश्यक छ। तसर्थ, नबिल बैंकले दिगो बैंकिङ विभाग स्थापना गरेको छ। हामी नाफा अधिकतमतामा मात्र केन्द्रित नरही अधिकतम एकीकृत मूल्यमा केन्द्रित छौं जसले वित्तीय, सामाजिक र आर्थिक मूल्यलाई जोड्दछ । यसका साथ हामी लगानी गर्ने कम्पनीहरूमा पर्ने असर, समाज र समग्र इकोसिस्टममा विचार गर्नेछौं।’

नबिल दिगो बैंकिङ, बैंकिङ क्षेत्रमा एउटा नयाँ अनुशासन हो र यसले बोट–बिरुवा र मानिसहरूमा पारेको प्रभावले गर्दा यसको महत्व दिनहुँ बढ्दै गएको बैंबकले जनाएको छ। बैंकका अनुसार बैंकले सुदृढ नेपालका लागि दिगोपन/स्थायित्वको अवधारणलाई आफ्नो रणनीतिगत दिशामा अपनाएको छ।

ग्रामीण नेपाल र वित्तीय पहुँच न्यून भएका वर्गहरूका लागि उद्यमशीलताको विकास र कृषि क्षेत्रको व्यावसायीकरण गर्न बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा नामक दुईवटा उत्पादन ल्याएको छ। यी उत्पादनहरू देश व्यापीरुपमा सबै शाखाहरूमा ल्याइएता पनि बैंकले सुरुमा छानिएका १७ वटा ग्रामीण शाखाहरूमा ग्रामीण नेपालमा दीर्घकालीन प्रभाव पार्न दिगो क्रियाकलापअन्तर्गत केन्द्रित रहनेछ।

आफ्ना दिगो प्राथमिकता तर्फ कार्य गर्दै, बैंकले प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद् (सीटीईभीटी) का साथ समझौता पत्रमा पनि हस्ताक्षर गरेको छ। बैंकले यस समझौता मार्फत देशभरिका सीटीईभीटी पास गरेका र योसँग सम्बद्ध व्यक्तिहरूलाई आफ्नो दिगो तथा अन्य लघूवित्त/वञ्चित क्षेत्रका उत्पादनहरू प्रदान गर्नुपर्नेछ। सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सीटीईभीटीका सदस्य सचिव जीव नारायण काफ्लेले हस्ताक्षर गरे।

आफ्नो देशभर १ सय १९ वटा शाखा कार्यालय, १ सय ८५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरू सहित विभिन्न देशमा रहेका एजेन्टको बृहत सन्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ। एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ तीन दशकभन्दा बढीको बैंकिङ अनुभवको साथ, बैंक ग्राहकहरूलाई मूल्य अभिवृद्धि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ।

असार १५, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.