लकडाउन अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड वागमती प्रदेश कार्यालयले जनाएको छ।
खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश प्रमुख ज्ञानु थापाले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा नं. ५५ मा उल्लेख भए बमोजिम उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको र सो निर्णय अनुसार जेठ २१ गतेदेखि असार ४ गतेसम्म पाँच हजार एक सय परिवारलाई २० प्रतिशत सहुलियतमा खाद्यान्न विक्रि गरेको बताइन्।
हालसम्म सहुलियत दरमा १४ सय ५ क्विन्टल चामल, ३० क्विन्टल सिमी, २२ क्विन्टल गहुँ उपलब्ध गराइएको उनले बताइन्। कम्पनीले यस अवधिमा ८७ लाख २४ हजार ३२५ रुपैयाँ रकम बराबरको खाद्यान्न बिक्री गरेको पनि उनले जानकारी दिइन्।
कम्पनीले काठमाडौं उपत्यकाको चक्रपथ सेरोफेरोको आसपाससम्म खाद्यान्न सामग्रीको होम डेलिभरी पनि गर्दै आएको उनले जानकारी दिइन्।होम डेलिभरी सेवामा भने छुट नदिइने उनले स्पष्ट पारीन्।
खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले गत मंसिरदेखि चैत्रसम्म करिब २ लाख ७७ हजार क्विन्टल धान किसानसँग किनेको र सोही धानलाई कुटी चामल विभिन्न दुर्गम जिल्लामा पु¥याउनेदेखि काठमाडौंमा विक्रि वितरण गरिएको उनले बताइन्।
प्रतिक्रिया