काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज (शनिबार) बिजुली जाने भएको छ।
नेपाल विद्युत प्राधिकरणले जारी गरेको सूचनाअनुसार आज दिउँसो काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने भएको हो।
प्राधिकरणका अनुसार चाबहिल चोकदेखि जोरपाटी चोकसम्म बायाँ भाग, एवन पार्टी प्यालेस, चाबहिल चोक, टुसाल, बौद्ध, बौद्ध पिपल, आम्दा, भेनस स्कुललगायत स्थानमा आज दिउँसो १ बजेदेखि साँझ ५ बसेसम्म विद्युत बन्द हुनेछ।
यस्तै साँखु फिडर र सल्लाघारी फिडरबाट प्रवाह हुने विद्युत पनि आज बन्द हुनेछ।
विस्तृत विवरण तलको सूचनामा–
प्रतिक्रिया