ad ad

कारोबार


कृषिक्रान्तिका लागि जस्तोसुकै कदम चाल्न पनि पछि हट्नुहुन्नः कृषिमन्त्री साह

कृषिक्रान्तिका लागि जस्तोसुकै कदम चाल्न पनि पछि हट्नुहुन्नः कृषिमन्त्री साह

नेपालखबर
असार ४, २०७८ शुक्रबार ९:५४,

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले कृषि क्रान्तिका लागि जस्तोसुकै कदम चाल्न पनि पछि हट्न नहुने बताएकी छन्।

कृषि विभाग तथा नेपाल कृषि महासंघको संयुक्त आयोजनामा भएको ‘समृद्ध नेपालका लागि कृषिको आधुनिकीकरणसम्बन्धी राष्ट्रिय सम्मेलन’मा बोल्दै मन्त्री साहले यस्तो बताएकी हुन्।

उनले अगाडि भनिन्, ‘यसका लागि सरकारले दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्छ।’

एक साता पहिले कृषि मन्त्री नियुक्त भएकी साहले किसानका लागि हित हुने गरी अगाडि बढ्नुपर्ने बताइन्।

‘किसानको सूचीकृत कहिलेसम्म गर्न सक्छौँ भन्ने हामीले चिन्तन गर्नुपर्छ’, मन्त्री साहले भनिन्, ‘अवसर र चुनौतीसँगसँगै अगाडि बढ्नुपर्छ। यसो हुँदै गर्दा हामी आत्मनिर्भर हुनेक्रममा पुग्छौँ,’ मन्त्री साहले भनिन्।

खेतबारीमा काम गर्ने कामदारहरु नपाइने भएका कारण पनि नेपालको कृषि पछाडि पर्दै आएको कुरा औल्याउँदै मन्त्री साहले कृषिमा क्रान्ति ल्याउन जे गर्नुपर्छ गरेरै अगाडि बढ्नुपर्ने बताउँदै उनले सोयल हेल्थ कार्डको व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइन्।

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण प्रसाद ओलीले अर्वन एग्रिकल्चरमा पनि फोकस हुनुपर्ने सुझाव दिए।

उर्वर भूमि उपत्यका, पोखरा, दाङ लगायतका सहर बनिसकेको अवस्थामा अव अर्वन एग्रीकल्चरतर्फ लैजान आयोजकलाई सुझाव दिँदै ओलीले जल, जमिन, जंगल, जलवायु, जडिवुटी, जनशक्ति, जराजुरी, जनावर, प्रोटेक्सन गर्दै लैजान सकेमा पक्कै पनि कृषिमा आधुनिकीकरण हुदै जाने बताए।

मल, बीउ लगायतका समस्या सधै भोग्नुपर्ने समस्याको अन्त्य चाडै गर्नुपर्नेमा उनको जोड थियो । उनले हाम्रो देशमा कृषि पढेका विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास बढिभन्दाबढि हुनुपर्ने सुझाव दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुतर्फका निमित्त सचिव डा।विमलकुमार निर्मलले किसानलाई राम्रोसँग केही दिन नसकेकोमा आफू दुःखित भएको बताए।

लाइभस्टकमा भ्याक्सिन, ब्रिडिङ, फिड आयातको समस्य एकदमै धेरै भएको हुदा कृषि तथा पशुपन्छी क्षेत्रमा ४, ५ वटा क्षेत्रमा काम गर्ने हो भने किसान त्यसै खुसी हुनेछन्।

डा. निर्मलले कृषिमा श्रमिक कति छन्? मेकनाइजेसन र मोर्डनाइजेसन गर्ने कुरामा उपयोगी बनाउन जोड दिनुपर्ने बताए।

राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले कृषि र पशुको कुरा मात्रै होइन भूमिको व्यवस्था गरी अधिकतम प्रयोग गर्नुपर्ने बताए।

खण्डहर बन्दै गरेको अवस्थामा कृषि भूमिलाई उपयोग गर्नुपर्ने बताउँदै उनले नदी कटान दिनानुदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।

सरकारी, निजी, प्रति जमिनलाई उपयोग गर्दै कृषि क्षेत्रको विकास गर्नुपर्नेमा उनको जोड थियो ।

त्यसैगरी, कृषि वन विश्वविद्यालयका उपकुलमति प्राडा पुन्यप्रसाद रेग्मीले नेपाल एकदमै जोखिम अवस्थमा भएको बताए।

वातावरणीय प्रवाभले पनि कृषिको आधुनिकीकरणकालागि बाधक हुने बताउँदै उनले ठूलो संख्यामा भएका साना किसान छन्, त्यसकारण उत्पादनका आधारमा किसानको वर्गीकरण गरिनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .