ad ad

कारोबार


वागमती प्रदेशको यस्तो छ जरिवाना तथा नवीकरण छुट

वागमती प्रदेशको यस्तो छ जरिवाना तथा नवीकरण छुट

नेपालखबर
असार १, २०७८ मंगलबार १४:५८,

लामो समय सावारी साधन नवीकरण नगरेकालाई वागमती प्रदेशले जरिवाना छुट दिएको छ।

प्रदेश भित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारी साधनको आव ०६५/६६ देखि ०७४/७५ सम्म कर नतिरेका सवारी धनीले २०७८ फागुन मसान्तसम्म कर बुझाएमा जरिवाना छुट हुने भएको छ।

आगामी आर्थिक वर्षको लागि ट्रेकिङ गाइड, टुरिष्ट गाइड, रिभर गाइड तथा ट्रेकिङ पोर्टर गाइडलाई नवीकरण दस्तुरमा ६० प्रतिशत छुट हुने छ।

कोभिड १९ तथा अन्य कारणले इजाजतपत्र नवीकरण गराउन नसकेका भए २०७८ फागुन मसान्तसम्म निवेदन दिएमा ६० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ।

प्रदेश भित्र दर्ता भएका उद्योगहरुको नवीकरण म्याद समाप्त भएको ५ वर्ष बढी भएका र हाल सञ्चालनमा नरहेकाले स्वघोषणा गरी २०७८ पौष मसान्तभित्र नवीकरण गर्न आएमा जरिवाना छुट दिइने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .