ad ad

कारोबार


हिमालय एयरलायन्सले दमाम–काठमाडौं दुई चार्टर्ड उडान गर्ने

हिमालय एयरलायन्सले दमाम–काठमाडौं दुई चार्टर्ड उडान गर्ने

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १२:३०,

हिमालय एयरलाइन्सले जेठ ३१ र असार ७ गते दमाम–काठमाडौं चार्टर्ड उडान गर्ने भएको छ।

साउदी अरेवियाबाट नेपाली ल्याउनको लागि चार्टर्ड उडान गर्नलागेको हो।

हिमालय एयरलाइन्सले सबै यात्रुहरुले स्वाब संकलन गरिएको ७२ घण्टाभित्रको फोटो वा बारकोडसहितको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ल्याउनुपर्नेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय वा नेपाल पर्यटन बोर्डद्वारा तोकिएको होटलमा ५ दिनको होटल क्वारेन्टिनको बुकिङ र पहिलो पटक गरिने पीसीआर टेस्टको शुल्क टिकट भाडामै समावेश गरिने एयरलाइन्सले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .