ad ad

कारोबार


१६ अर्बको कारोबार भएको सेयरबजारमा यी लगानीकर्ताले कमाए

१६ अर्बको कारोबार भएको सेयरबजारमा यी लगानीकर्ताले कमाए

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १०:१५,

बजार परिसूचक नेप्से आज १.८० अंकले घटेको छ।

ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सिटिभ सूचक भने आज २.५९ अंकले उकालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २ सय २० कम्पनीको ३ करोड कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा १ लाख ५५ हजारभन्दा बढी पटकको किनबेचसँगै बजारमा १६ अर्ब १० करोडको कारोबार भएको छ।

आज लगानी, म्युचुअल फन्ड, माइक्रोफाइनान्स, फाइनान्स, जलविद्युत् र विकास बैंक समूहको सेयर कारोबार सूचक हरियो भएको छ।

कसले कमाए?
आज पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक आम्दानी गरेका छन्। कम्पनीको सेयर १० प्रतिशतले बढ्दा लगानीकर्ताको हातमा ३५ रुपैयाँ प्रतिसेयर आम्दानी भएको हो।

त्यस्तै, शिवश्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि ९.९७ प्रतिशत कमाएका छन्। यसबाहेक ङादी ग्रुप पावर लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले पनि १० प्रतिशत हाराहारीमा आम्दानी गरेका छन्।

जसले गुमाए
आजको कारोबारमा बोटलर्स नेपाल (तराई) लिमिटेडका लगानीकर्ताले भने आज धेरै गुमाउनुपरेको छ। कम्पनीको सेयर ३.९५ प्रतिशतले घट्दा लगानीकर्ताले ४ सय ३५ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका हुन्।

यसबाहेक रु रु जलविद्युत् परियोजना लिमिटेडका लगानीकर्ताले ३.२० प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले २.८६ प्रतिशत, युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.७१ प्रतिशत, समिट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले २.४० प्रतिशत गुमाएका छन्।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्टको धेरै कारोबार
आजको कारोबारमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सर्वाधिक ८३ करोड ९२ लाखको सेयर कारोबार भएको छ। त्यसपछि पुनर्बीमाको ४५ करोडको, लुम्बिनी विकास बैंकको ४३ करोडको, अपि पावर लिमिटेडको ३८ करोडको कारोबार भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .