ad ad

कारोबार


स्वर्ण सगरमाथा बृहत् चक्रपथ बन्ने

स्वर्ण सगरमाथा बृहत् चक्रपथ बन्ने

नेपालखबर
जेठ २५, २०७८ मंगलबार १०:२८,

सरकारले स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरेको छ।

माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुंगा, सोलुखुम्बु र खोटाङलाई व्यवस्थित एउटै सडक सञ्जालमा जोड्ने उक्त आयोजना निर्माणका लागि आगामी वर्ष काम गर्नेगरी सरकारले ४२ करोड बजेट विनियोजन गरेको हो।

स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि बजेट विनियोजन भएको प्रदेश–१ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिए।

नयाँ आर्थिक वर्ष शुरु भए लगत्तै आयोजना निर्माणको काम अघि बढ्ने र यसले माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्लाको समृद्धिमा टेवा पुग्ने उनको भनाइ छ।

मन्त्री गुरुङले भने, ‘४२ करोड बजेटले काम अघि बढ्दै गर्छ थप बजेट हामी व्यवस्थापन गर्छौं।’

ओखलढुंगा सदरमुकामबाट शुरु हुने स्वर्ण सगरमाथा वृहत चक्रपथ सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खोटाङ सदरमुकाम दिक्तेलबाट फेरि ओखलढुंगा जोडिने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .