ad ad

कारोबार


नेपाल विज्ञापन संघले २९औं वार्षिकोत्सव मनायो

नेपाल विज्ञापन संघले २९औं वार्षिकोत्सव मनायो

नेपालखबर
जेठ ३१, २०७६ शुक्रबार ७:२५,

नेपाल विज्ञापन संघ (आन)ले बिहीबार आफ्नो २९औँ वार्षिकोत्सव मनाएको छ ।

आनले आफ्नो वार्षिकोत्सव नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा कार्यालय भवन परिसर शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। सो अबसरमा निःशुल्क स्वास्थ्य शिविरबाट ८० जना व्यक्तिहरू लाभान्वित भए भने रक्तदानबाट २२ पिन्ट रगत संकलन गरिएको थियो।

कार्यक्रमको उद्घाटन काठमाडौँ महानगरपालिका वडा नं ३१ का अध्यक्ष श्री नारायण प्रसाद भण्डारीको स्वास्थ्य परिक्षण गरी गरिएको थियो। उनले आनले यस्ता कार्यक्रमहरुको आयोजना गरी आफ्नो सामाजिक दायित्व पूरा गरेको बताउँदै आनले समग्र वडाको विकासमा पुर्याएको योगदानको पनि प्रशंशा गरेका थिए।

यसका साथै मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमाल र योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले पनि आनले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सामाजिक काममा खेलेको भूमिका प्रति प्रशंसा गरेका थिए।

आनका अध्यक्ष रबिन्द्र कुमार रिजाल ‘शशी’ले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए। कार्यक्रममा आनका वर्तमान तथा पूर्व पदाधिकारी तथा विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .