कारोबार


अक्सिजन सिलिन्डर उत्पादन अब नेपालमै

अक्सिजन सिलिन्डर उत्पादन अब नेपालमै

नेपालखबर
जेठ १२, २०७८ बुधबार ४:२२,

अक्सिजन सिलिन्डर उत्पादन नेपालमै गर्ने तयारी भइरहेको छ।

नेतृत्वकर्ता नेपाल विज्ञान तथा प्रतिष्ठान (नास्ट) का अनुसार अक्सिजन सिलिन्डरको दोस्रो परीक्षण पनि सफल भएको छ।

अब अक्सिजन सिलिन्डरको व्यावसायिक उत्पादनका लागि निजी क्षेत्रलाई पनि खुला गर्ने तयारी भइरहेको नास्टका अधिकारीले बताएका छन्।

अधिकारीका अनुसार पहिलो चरणको परीक्षणबाट देशमा आवश्यक अक्सिजन सिलिन्डर पूर्ति गर्न सकिने प्रमाणित भएको थियो भने दोस्रो चरणको परीक्षण आइतबार राति गरिएको हो।

यस क्रममा सिलिन्डरले ५ सय १५ प्रतिवर्ग सेन्टिमिटरसम्म चाप धान्ने देखिएको नास्टले जनाएको छ।

कोरोना संक्रमितको उपचार क्रममा देशव्यापी रूपमा अक्सिजन सिलिन्डर अभाव भएपछि नेपालमै यसको उत्पादन गर्न सकिन्छ कि सकिन्न भनेर नास्टले परीक्षण सुरु गरेको थियो।

दुवै चरणको परीक्षण सफल भएपछि अब यसको उत्पादनका लागि निजी क्षेत्रलाई समेत खुला गर्ने तयारी गरिएको हो।

अक्सिजन सिलिन्डरको परीक्षण अवलोकन गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ मंगलबार ललितपुस्थित नास्टको मुख्यालय पुगेका थिए। त्यस क्रममा उनले यस्तो महामारीका बेला देशमै अक्सिजन सिलिन्डर उत्पादन गर्ने तयारी गरेकामा वैज्ञानिक टोलीलाई धन्यवाद दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad