ad ad

कारोबार


टेलिकमले फोरजी प्रविधि अन्तर्गत ‘भोल्ट’ सेवा सञ्चालनमा ल्याउने

टेलिकमले फोरजी प्रविधि अन्तर्गत ‘भोल्ट’ सेवा सञ्चालनमा ल्याउने

नेपालखबर
जेठ २, २०७८ आइतबार १५:१५,

नेपाल टेलिकमले ग्राहकको माग अनुसार आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा ‘एलटीई’ प्रविधि अन्तर्गत ‘भोल्ट (भ्वाइस ओभर लङ टर्म इभोलुसन) सेवा सञ्चालनमा ल्याउने भएको छ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (मे १७) को अवसरमा २०७८ जेठ ३ गतेदेखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा ‘भोल्ट’ सेवाको परीक्षण शुरुवात गर्न लागिएको हो। यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महशुस गर्न सकिनेछ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीले ‘भोल्ट’ सपोर्ट गर्ने आफ्नो मोबाइलबाट स्टार४४४ह्याच’ डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा ‘भोल्ट’ एक्टिभेट गर्नुपर्दछ। यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई ‘भोल्ट’ कल फर एनटिसी सिम समेत इनेबल गर्नुपर्दछ र लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा ‘भोल्ट’को संकेत देखापर्दछ।

‘भोल्ट’को संकेत देखापरेपछि स्टार१११ह्याच’ डायल गर्नुपर्दछ । नेपाल टेलिकमले यो सेवाको प्रयोगकर्तालाई नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने १०० मिनेट ‘भोल्ट’ भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने छ।

आफ्नो मोबाइल सेटले ‘भोल्ट’ सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न लिंक प्रयोग गर्न सकिन्छ। यसैगरी यो सेवासम्बन्धी सुझाव तथा गुनासो भएमा लिंक मा इमेल पठाउन पनि सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .