ad ad

कारोबार


शपथलगत्तै प्रधानमन्त्रीले फेरि सुरु गरे उद्घाटन

शपथलगत्तै प्रधानमन्त्रीले फेरि सुरु गरे उद्घाटन

नेपालखबर
बैशाख ३१, २०७८ शुक्रबार ११:३१,

तेस्रोपटक प्रधानमन्त्री बनेको केपी शर्मा ओलीले शपथग्रहणलगत्तै ललितपुरको गोदावरीमा सम्मेलन केन्द्रको उद्घाटन गरेका छन्।

बिहीबार प्रधानमन्त्रीमा नियुक्ति पाएका उनले शुक्रबार शपथ लिएपछि सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन्।

ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत नपाएपछि ३८ महिनामा पद गुमाएका थिए।

संसदमा भएका कुनै पनि दलले बहुमत पु¥याउन नसकेपछि ठूलो पार्टीका रुपमा ओलीले शुक्रबार दिउँसो प्रधानमन्त्रीको शपथ लिएका हुन्।

उनले शपथ लिएसँगै बालुवाटारबाटै भर्चुअल रुपमा तीन हजार मानिस अट्ने ‘गोदावरी सनराइज सम्मेलन केन्द्र’को उद्घाटन गरेका हुन्।

godawari sammelan kendra2021g

कोरोना महामारीले देशमा संकट गहिरिएको समयमा पनि उद्घाटन र शिलान्यासमै ध्यान दिएको भन्दै ओलीमाथि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको थियो।

यसैबीच उनले शुक्रबार केन्द्रको उद्घाटन गरे।

कोभिड महामारीका बीच प्रधानमन्त्रीको दबाबमा सहरी विकास मन्त्रालयले ललितपुरको गोदावरी ३ मा बन्ने सम्मेलन केन्द्रको उद्घाटनको पूरा तयारी गरेको थियो।

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी, सभा र सम्मेलन तथा कार्यक्रम गर्न मिल्ने हलको अभाव देखिएपछि २०७६ कात्तिकमा ओलीले नै ५ महिनाभित्र हल निर्माणका लागि सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका थिए।

godawari sammelan kendra2021c

त्यसलगत्तै सहरी विकास तथा भवन निर्माण विभागले टेन्डर आह्वान गरी निर्माण प्रक्रिया अघि बढाएको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो निर्देशनमा निर्माण सुरु भएको सम्मेलन केन्द्र फागुन महिनामै सक्न भनेका थिए। तर विभिन्न कारण देखाउँदै ठेकेदार कम्पनीले भर्खर निर्माणको काम सम्पन्न गरेको हो।

हरियाली गोदावरीमा देशकै ठूलो सम्मेलन केन्द्र
गोदावरी क्षेत्र आन्तरिक पर्यटनको लागि समेत आकर्षण रहेको छ।

फूल/बगैँचासहितको उद्यानमा ‘मुड फ्रेस’ गर्न जाने गरेका छन्।

त्यही गोदावरी बसपार्कको सय मिटरनजिकै अत्याधुनिक सम्मेलन केन्द्र निर्माण भएको हो। सहरी विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंहले ४३ रोपनी ६ आनामा गोदावरी सम्मेलन केन्द्र निर्माण भएको बताएका छन्।

उनले देशका राजधानी तथा मुख्य सहरमा ठूला सम्मेलन केन्द्र निर्माण गर्ने योजनाअनुसार केन्द्र निर्माण भएको बताएका छन्।

godawari sammelan kendra2021d

उनले योबाहेक उपत्यकामा ५ हजार क्षमताको अर्को सम्मेलन केन्द्रको तयारी भइरहेको जनाएका छन्।

‘गोदावरी सम्मेलन केन्द्रबाहेक उपत्यकामा ५ हजार क्षमताको अर्को सम्मेलन केन्द्र निर्माणको तयारी गरिएको छ’, उनले भने, ‘हरेक प्रदेशमा एक–एक सम्मेलन केन्द्र निर्माण हुनेछन्।

नेपालकै सबैभन्दा ठूलो सम्मेलन केन्द्रको रुपमा निर्माण भएको क्षमता ३ हजार जना मानिस अट्ने रहेको छ।

‘सम्मेलन केन्द्रको आकृति उदाउँदो सूर्यको आकारमा निर्माण भएको छ’, सिंहले भने, ‘सम्मेलन केन्द्रको नामकरण गोदावरी सनराइज नामकरण गरिएको छ।’

उनका अनुसार सम्मेलन केन्द्रमा भीभीआईपी, भीआईपी र सर्वसाधारणको लागि भित्र पस्ने र बाहिर निस्किनको लागि छुट्टै द्वार रहेको छ।

३ तल्लाको भवनमा पहिलो तल्लामा मुख्य हल रहेको छ।

सम्मेलन केन्द्र भूकम्प प्रतिरोधात्मक क्षमताको छ। सम्मेलन केन्द्रमा पार्किङको व्यवस्था छ। सभाहलको वरिपरि फलफूलका बिरुवा रोप्ने काम भएको छ।

११ रोपनी १५ आनामा सम्मेलन केन्द्र, ३ रोपनी ३ आनामा आन्तरिक सडक, १६ रोपनी २ आनामा बगैंचा तथा हरियाली उद्यान र १३ रोपनी १ आनामा पार्किङ स्थल रहनेछ ।

आरसीसी र फलामको प्रयोगमा सम्मेलन केन्द्र निर्माण भएको मन्त्रालयले जनाएको छ। सम्मेलन केन्द्रको ठेक्का केसी सामान्तर जेभीले ५८ करोड २४ लाख रुपैयाँमा लिएको थियो।

Satdobato road 1

सम्मेलन केन्द्र पुग्ने सडक वर्षौँदेखि अलपत्र
यसैबीच, गोदावरी सम्मेलन केन्द्रमा जाने सडक कालोपत्रे भने वर्षौँदेखि अलपत्र छ। सातदोबाटो–गोदावरी खण्डमा केही खण्ड कालोपत्रे भए पनि सबै बन्नसकेको छैन।

उपत्यका सडक विस्तार आयोजनाका अनुसार सडक क्षेत्रमा पुराना घर रहेका छन्। सरकारले क्षतिपूर्तिको लागि दाबी गर्न सूचित गरे पनि सबै नआउँदा संरचना हटाउन समस्या परेको सडक विस्तार आयोजनाको भनाइ छ।

गोदावरी क्षेत्रबाट कालोपत्रे हुँदै आएको छ। आयोजनाले चालू आर्थिक वर्षभित्र सबै सडक कालोपत्रे हुने बताए पनि सकिने अवस्था छैन।

आयोजनाले सबै संरचना खाली गर्न नसके पनि जुन क्षेत्रमा खाली हुन्छ त्यहाँ विस्तारको काम भइरहेको जनाएको छ।

विद्युतका पोल सार्ने, सडक मापदण्डभित्र पर्ने घरलगायतका संरचना हटाउन बाँकी छ।

यो पनि– 
कोरोना संकट गहिरिँदा प्रधानमन्त्रीको ध्यान उद्घाटनमै, सर्वत्र आलोचनापछि मन्त्रालयले सच्यायो कार्यक्रम
आठ वर्षसम्म पनि बनेन पर्यटकीय क्षेत्र गोदावरी जाने मुख्य सडक (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .