हिमालय एयरलाइन्सले बिहीबार दुई कार्गो उडान गर्दैछ। एयरलाइन्सले स्वास्थ्य सामग्रीसहितको कार्गो लिन चीनको कुनमिङ जानलागेको हो।
हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज बिहान कार्गो लिएर आएको छ भने राति ८ बजे कुनमिङ जाँदै छ।
त्यसबाहेक आजै एयर अरेबियाले युएईको सारजहा अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो उडान गर्ने उड्डयन प्राधिकरणले जनाएको छ।
शनिबारबाट नेपाल एयरलाइन्सको जहाजले दैनिक अक्सिजन सिलिन्डर ल्याउनेछ। एयरलायन्सले ओमानबाट ६ सय सिलिन्डर ल्याउने जनाएको छ।
शनिबार नै नेपाल वायुसेवा निगमको एयरबस ३३० ले चीनको बेइजिङबाट ५५० अक्सिजन सिलिन्डर ल्याउँदै छ।
निगमका प्रबन्धनिर्देशक डिम प्रसाद पौडेलले शनिबारपछि चीनले अनुदानमा दिएका अक्सिजन सिलिन्डर दैनिक ५५० को दरले नेपाल भित्रने बताएका छन्।
प्रतिक्रिया