ad ad

कारोबार


स्मार्ट फोरजीको ४ गुणासम्म बोनस अफर, कति रिचार्जमा कति बोनस?

स्मार्ट फोरजीको ४ गुणासम्म बोनस अफर, कति रिचार्जमा कति बोनस?

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ६:१५,

स्मार्ट टेलिकमले निषेधाज्ञा अवधिमा आफ्ना ग्राहकहरुको जीवन सहज बनाउने उद्देश्यले आकर्षक अफर ल्याएको छ।

स्मार्ट ग्राहकहरुले रिचार्जमा ४ गुणासम्म बोनस पाउनेछन्। यस अफरअन्तर्गत प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्कभित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्छन्।

ग्राहकहरुले प्राप्त बोनस यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्नको लागि प्रयोग गर्न सकिनेछ। बोनस ब्यालेन्स नियमित मूल्यमा काटिने कम्पनीले जनाएको छ।

यो अफर लकडाउन अवधिभर मात्र लागू हुनेछ।

स्माार्ट ग्राहकहरुले स्मार्ट वेजपेज वा इ–पेमेन्ट पार्टनरहरु (इ–सेवा,फोन पे, खल्ती, आइएमइ पे, कनेक्ट आईपीएस, इनेटपे, पेप्वाइन्ट नेपाल) मार्पmत लककडाउन अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्छन्।

यसभन्दा अघि स्मार्ट टेलिकमले डबल बोनस अफर ल्याएको थियो। तर परिस्थितिलाई मध्यनजर गर्दै यसपटक स्मार्टले बोनसलाई अझ डबल गरेको हो।

स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिँदै आएको छ।

ग्राहकहरुले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सक्नेछन् वा स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज ‘फेसबुक÷स्मार्टसेलनेपाल वा वेबपेज ‘डब्लुडब्लुडब्लु डट स्मार्टटेल डटकम डट एनपी’मा
लग इन गर्न सकिने बताइएको छ।

बोनस अफरहरु निम्न प्रकारका रहेका छन् –

रिचार्ज मूल्य                   बोनस ब्यालेन्स                   मान्य अवधि
रु. ५०                              रु. १५०                              १ दिन
रु. १००                            रु. ३००                              ७ दिन
रु. २००                            रु. ६००                              १५ दिन
रु. ५००                            रु. १६००                            ३० दिन
रु. १०००                          रु. ४०००                           ३० दिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .