ad ad

कारोबार


लकडाउनको समयमा विद्यार्थीहरुलाई अनलाइन शिक्षा दिँदै लर्नहब

लकडाउनको समयमा विद्यार्थीहरुलाई अनलाइन शिक्षा दिँदै लर्नहब

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार ५:५९,

कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारले देशका प्रभावित जिल्लाहरुमा निषेधाज्ञा जारी गरेको समयमा लर्नहबले विद्यार्थीहरुलाई अनलाइन शिक्षा दिइरहेको छ।

देशभरका शैक्षिक संस्थाहरु बन्द भएका बेला लर्नहबले अनलाइनबाटै ज्ञान र सिप प्रदान गरिरहेको कम्पनीले जनाएको छ।

‘महामारीको समयमा घरमै बस्नुपर्ने बाध्यताले धेरै बालबालिकाहरुमा मानसिक तनाव बढ्नसक्ने विभिन्न अध्ययनहरुले पनि देखाएको छ’, कम्पनीले भनेको छ, ‘यसर्थ, प्रविधिको प्रयोग गर्दै घरमै बसेर बालबालिकाहरुलाई कोडिङको विषयमा ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले लर्नहबको सुरुवात भएको हो।’

लर्नहबले बालबालिकाहरुलाई विभिन्न खेलको माध्यमबाट कोडिङको प्रशिक्षण दिएर उनिहरुलाई डेभलपरको रुपमा विकास गराउन मद्दत गर्दछ।

कक्षा १ देखि कक्षा १० सम्मको विद्यार्थीहरुको लागि लर्नहब एउटा प्रभावकारी प्लेटलफर्म बन्न सफल भएको छ।

लर्नहबमार्फत विद्यार्थीहरुले विभिन्न गेम तथा अन्य एप्लिकेसनहरु डेभलप गर्ने मात्र नभई, कम्युनिकेसन स्किल, सिर्जनात्मक क्रियाकलाप, मस्तिष्क विकास, संख्या गणनालगायतका विषयहरु पनि शिक्षा हासिल गरिरहेका छन्।

कुनै रेकर्डेड भर्सन नभई लर्नहबले विद्यार्थीहरुलाई लाइभ कक्षामार्फत शिक्षा प्रदान गरिरहेको छ।

प्रत्येक विद्यार्थीहरुको लागि छुट्टाछुट्टै तालिम प्राप्त शिक्षकको व्यवस्था गरिएको छ। कक्षा हप्तामा दुइ घण्टा सञ्चालन गरिनेछ। एउटा कक्षा एक घण्टाको हुनेछ।

साथसाथै विद्यार्थी आफैँले पनि आफ्नो समयानुकूल शिक्षकको समय मिल्ने गरी आफ्नो कक्षाको समय आफैँ तय गर्नसक्नेछन्।

कक्षाको बीचमा विद्यार्थीहरुको क्षमता अभिवृद्धिको लागि लर्नहबले समयसमयमा विभिन्न प्रतियोगिताहरुको पनि आयोजना गर्दै आएको छ।

जहाँ विद्यार्थीहरुले आफ्नो सिर्जना, क्षमता र प्रतिभाको प्रयोग गरेर नयाँ नयाँ एप्लिकेसनहरु डेभलप गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .