ad ad

कारोबार


कोरोना रोकथामका लागि सिद्धार्थ बैंकले दियो १ करोड ४ लाख

कोरोना रोकथामका लागि सिद्धार्थ बैंकले दियो १ करोड ४ लाख

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १६:४७,

सिद्धार्थ बैंक लिमिटेडले कोरोना भाइरसको रोकथामका तथा नियन्त्रणका लागि १ करोड ४ लाख सहयोग प्रदान गरेको छ ।

बैंकले प्रत्येक प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ र आफ्ना शाखाहरु रहेका १७ वटा गाउँपालिकाका कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा दुई लाख रुपैयाँका दरले ३४ लाख रुपैयाँ सहयोग गरेको हो ।

हालको प्रतिकूल परिस्थितिमा तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्डअनुरुप स्थानीय अधिकारी एवं अन्य सरकारी निकायसँगको समन्वयमा, बैंकले देशभरका विभिन्न शाखाहरुबाट सम्भव भएसम्म सेवा प्रदान गर्दै आइरहेको छ।

बंैकले ग्राहकहरुको सहजताका लागि घरैमा बसी प्रविधिमैत्री डिजिटल माध्यमबाट पनि बंैकिङ्ग सेवा उपलब्ध गर्दै आइरहेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग सेवाहरुको प्रयोग गरी कोरोना भाइरस रोकथामका लागि सहयोग पु¥याइदिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .