ad ad

कारोबार


स्मार्ट ४जी द्वारा रिचार्जमा ४ गुणासम्मको बोनस अफर प्रस्तुत

स्मार्ट ४जी द्वारा रिचार्जमा ४ गुणासम्मको बोनस अफर प्रस्तुत

नेपालखबर
बैशाख २८, २०७८ मंगलबार १६:११,

स्मार्ट टेलिकमले निषेधाज्ञा अवधीमा आफ्ना ग्राहकको जीवन सहज बनाउने उद्देश्यले आकर्षक अफर ल्याएको छ। स्मार्ट ग्राहकले रिचार्जमा ४ गुणा सम्म बोनस पाउनेछन्।

यस अफर अन्तर्गत प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्क भित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्ने कम्पनीले जनाएकाे छ।

ग्राहकहरुले प्राप्त बोनस यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरुसँग नियमित सम्पर्क गर्नको लागि प्रयोग गर्न सकिनेछ। बोनस ब्यालेन्स नियमित मूल्यमा काटिनेछ।

यस अफर लकडाउन अवधिभर मात्र लागू हुनेछ।

स्मार्ट ग्राहकहरुले स्मार्ट वेजपेज वा इ–पेमेन्ट पार्टनरहरु (इ–सेवा,फोन पे, खल्ती, आइएमइ पे, कनेक्ट आईपीएस,  इनेटपे, पेप्वाइन्ट नेपाल) मार्फत लककडाउन अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्छन्।

यस भन्दा अघि स्मार्ट टेलिकमले डबल बोनस अफर ल्याएको थियो। तर परिस्थितिलाई मध्येनजर गर्दै यसपटक स्मार्टले बोनसलाई अझ डबल गरेको हो।

स्मार्ट आफ्ना ग्राहकहरुलाई बढि भन्दा बढि सुविधा दिने सदैव तत्पर रहेको छ। तसर्थ स्मार्ट गर्वका साथ भन्दछ, ‘...नेटवर्क जसले तपाईलाइृ दिन्छ धेरै।’ स्मार्ट टेलिकमलेविगतका समयमा पनि ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिँदै आएको छ।

ग्राहकहरुले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सक्नेछन् वा स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज वा वेजपेज मा लग इन गर्न सक्नेछन्।

बोनस अफरहरु निम्न प्रकारका रहेका छन्ः

Capture28.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .