ad ad

कारोबार


राइड सेयरिङ एप ‘साथी’ले थाल्यो घरमै पीसीआर परीक्षण गर्न सकिने विशेष सेवा

राइड सेयरिङ एप ‘साथी’ले थाल्यो घरमै पीसीआर परीक्षण गर्न सकिने विशेष सेवा

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १२:११,

यात्रु तथा खाना ओसार पसार गर्दै आएको राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पीसीआर परीक्षण गर्न सकिने विशेष सेवा सुरु गरेको छ।

बाइक तथा स्कुटरको माध्यमबाट राइड सेयरिङ, कार रेन्टल , पिक एण्ड डेलिभरी गर्दै आएको साथी एपले कोरोना माहामारीको अवस्थामा घरमै पीसीआर गर्ने व्यवस्था गरेको हो।

विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ‘घरमै बसौं, सुरक्षित रहौँ’ भन्ने नाराका साथ सेवा सुचारु गरेको छ।

साथी एपले विभिन्न अस्पताल तथा प्रयोगशालाहरुसँग सहकार्य गरी सर्वसाधारणलाई सहज तथा सुरक्षाको लागि घरमै पीसीआर स्वाब संकलन गर्न मद्दत गर्न सुरु गरेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .