ad ad

कारोबार


तरकारी बजारको व्यापारमा ५० प्रतिशत गिरावट

तरकारी बजारको व्यापारमा ५० प्रतिशत गिरावट

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ७:५१,

सरकारले कोभिड १९ रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ।

निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ।

सामान्य अवस्थामा २ देखि ३ करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद बिक्रिको कारोबार र मूल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि ह्रास आएको हो।

तरकारी कम आएको भएपनि मुल्य भने बढेको छैन। सामान्यतया तरकारी कम आउने वित्तिकै बिक्री मूल्य बढ्ने भएपनि यसपटक भने तरकारी किन्ने उपभोक्तामा पनि कमि आएकाले मूल्यमा पनि गिरावट आएको हो ।

तरकारी बजारमा तरकारीका थोक क्रेताको साथै खुद्रा उपभोक्ताहरुको पनि संख्यामा ५० प्रतिशतले कमि आएको छ।

सर्वसाधरणलाई हिँडडुल गर्न सरकारले रोक लगाउनुको साथै तरकारी खरिद बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमि आएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

समितिका सहायक कार्यकारी निर्देशक अर्जुन प्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झण्डै ५० प्रतिशतले गिरावट आएको बताए। उनले सामान्य अवस्थामा झण्डै ९ सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले ४ देखि ५ सय मेट्रिक टन मा झरेको बताए।
अहिले कालिमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .