ad ad

कारोबार


एनआईबीएल समृद्धि फन्ड–२का १२ करोड कित्ता ६४ हजार ४८३ जनालाई बाँडफाँट

एनआईबीएल समृद्धि फन्ड–२का १२ करोड कित्ता ६४ हजार ४८३ जनालाई बाँडफाँट

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १२:७,

एनआईबीएल समृद्धि फन्ड–२का १२ करोड एकाइ ६४ हजार ४८३ जनालाई बाँडफाँट गरिएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेकोे एनआईबिएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहने गरी एनआईबिएल म्युचुअल फण्डअन्तर्गतको “एनआईबिएल समृद्धि फण्ड–२” योजनाको १० रूपैयाँ अङ्कित दरको १२ करोड एकाइ बाँडफाँट गरिएको हो।

उक्त एकाइहरु यही वैशाख १३ गतेदेखि १६ गतेसम्म सार्वजनिक रुपमा बिक्री आह्वान गरिएको थियो। यसमा आवश्यकताभन्दा अधिक एकाइहरुको लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ।

सर्वसाधारण आवेदकहरुबाट (बीउ पुँजीबाहेक) कुल ६७ हजार ७६ आवेदन फारममार्फत जम्मा १५ करोड ६३ लाख ३ हजार ९९० एकाइको लागि आवेदन प्राप्त भएको थियो।

त्यसमा ६४ हजार ५१४ आवेदन फारममार्फत जम्मा १४ करोड ५२ लाख ९५ हजार ४०० एकाइका लागि रीतपूर्वक आवेदन प्राप्त भएकोे कम्पनीले जनाएको छ।

कुल २ हजार ५६२ आवेदन फारममार्फत जम्मा १ करोड १० लाख ८ हजार ५९० एकाइको लागि रीतपूर्वक आवेदन प्राप्त नभएकोले रद्द गरिएको र रीतपूर्वक आवेदन प्राप्त भएकोेमध्ये पनि कुल ३३ आवेदनमार्फत जम्मा १६ हजार ६३० एकाइको लागि प्राप्त आवेदन दोहोरो परेकोले अयोग्य ठहरिएको कम्पनीले जनाएको छ।

योजनाको कुल आकार १ अर्ब ५० करोडको जम्मा २० प्रतिशत बीउ पुँजीको रुपमा लगानी गर्नुपर्ने रकम ३० करोड रकममध्ये २९ करोड रकमबराबरको २ करोड ९० लाख एकाइ कोष प्रवर्द्धक नेपाल इनभेष्टमेण्ट बैंक लिमिटेड र १ करोड रकमबराबरको १० लाख एकाइ योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटल लिमिटेड तथा सर्वसाधारणहरुलाई बाँडफाँट गर्नुपर्नेसहित जम्मा १२ करोड एकाइहरु ६४ हजार ४८१ जना सर्वसाधारणहरुलाई गरी कुल ६४ हजार ४८३ जना आवेदकहरुलाई जम्मा १५ करोड एकाइ संलग्न भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .