ad ad

कारोबार


बहरेनी टोलीले थाल्यो सगरमाथा आरोहण, मंगलबार चुचुरो चुम्ने लक्ष्य (भिडिओ)

बहरेनी टोलीले थाल्यो सगरमाथा आरोहण, मंगलबार चुचुरो चुम्ने लक्ष्य (भिडिओ)

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १०:३६,

बहरेनी राजपरिवार सदस्यसहित १६ जनाको टोली सगरमाथाको चुचुरोमा आरोहण सुरु गरेको छ।

टोलीले मंगलबार विश्वको अग्लो सगरमाथामा पाइला टेक्ने लक्ष्य राखेको छ।

बहरेन टोलीको स्थानीय एजेन्सी सेभेन समिटका सञ्चालक छाङ दावा शेर्पाले बहराइन टोली आज (शुक्रबार) क्याम्प २ मा पुग्ने बताए।

शेर्पाका अनुसार बहरेन टोली शनिबार क्याम्प २ मा आराम गर्नेछ। पर्सि आइतबार क्याम्प ३ मा पुग्नेछ। सोमबार सगरमाथाको दक्षिण क्षेत्रमा पुग्ने र मंगलबार सगरमाथाको चुचुरो चुम्ने लक्ष्य छ।

गत वर्ष मनास्लु र लोबुचे हिमाल आरोहण गरी फर्किएको बहरेन टोली सगरमाथा आरोहणका लागि चैत २ गते नेपाल आइपुगेको थियो।

बहरेन राजपरिवारका सदस्य शेख मोहम्मद हमाद मोहम्मद अल खालिफाको नेतृत्वमा १६ जना सगरमाथा आरोहण गर्दै छन्।

१६ जनाको टोलीमा बहरेन रोयल गार्ड, डिफेन्स फोर्समा कार्यरत १३ जना बहरेनी नागरिक र अन्य तीन जना बेलायती छन्।

बहरेनी टोलीलाई सगरमाथा आरोहणका लागि करिब १०० जना नेपालीले गाइडका रुपमा सहयोग गरिरहेको सेभेन समिटले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .