ad ad

कारोबार


कर तिर्ने समय थप्न विज्ञापन संघको माग

कर तिर्ने समय थप्न विज्ञापन संघको माग

नेपालखबर
बैशाख २३, २०७८ बिहिबार १२:११,

नेपाल विज्ञापन संघ (एएएन)ले कोरोनाको दोस्रो लहरसँगै निषेधाज्ञा भएका कारण सरकारलाई बुझाउने राजस्व विवरण र कर रकम भुक्तानीको समय थप गर्न माग गरेको छ।

संघका अध्यक्ष सोमप्रसाद धितालले विज्ञप्ति जारी गर्दै कर राजस्वको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न माग गरेको हो।

यसबारे सरकारको सम्बन्धित निकायमा पत्राचार गरी मूल्यअभिवृद्धि कर, आय करको अग्रिम करकट्टीलगायत करहरुको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीको समय थपका लागि अनुरोध गरिएको संघले जनाएको छ।

अहिले दैनिक उपभोग्यबाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने संघको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .