कारोबार

Tata MotorsTata Motors

निषेधाज्ञामा टेलिकमले थप्यो यी सुविधा


नेपालखबर
काठमाडौं, बैशाख २१

हाल काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा लागू गरिएको निषेधाज्ञाको समयमा कम्पनीका मोबाइल सेवाका ग्राहकहरुका लागि नेपाल टेलिकमले विभिन्न आकर्षक डाटा सुविधाहरु उपलब्ध गराइरहेको छ।

प्रयोगका आधारमा लामो र छोटो दुवै समयमा उपयोग गर्न सकिने र निकै उपयोगी हुने अपेक्षा गरिएका यी सुविधाहरु निम्नानुसार छन्।

१) वन जीबी पर डे विथ बोनस भ्वाइस प्याक
२८ दिनसम्म प्रत्येक दिन १ जीबी डाटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक रु. ६४९ मा उपलब्ध छ। सेवाग्राहीले आवश्यकता बमोजिम डाटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ। यो अफर लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार१स्टार८स्टार२ह्यास डायल गर्न सकिन्छ।

२) ७ दिनका लागि १.५ जीबी प्याक
७ दिनसम्म १.५ जीबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याकको व्यवस्था गरिएको छ। नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डाटा प्याकको रुपमा यो प्याक जम्मा रु. ९५ मा उपलब्ध गराइरहेको छ। यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार१स्टार१स्टार४ह्यास डायल गर्न सकिन्छ।

३) २ घण्टासम्म चल्ने अनलिमिटेड डाटा प्याक
२ घण्टासम्म असीमित डाटा चलाउन यो प्याक प्रयोग गर्न सकिन्छ। रु. ३० मा उपलब्ध हुने यो डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार८स्टार२ह्यास डायल गर्न सकिन्छ।

४. ५०० एमबी पर डे डाटा प्याक
जम्मा रु. २९९ मा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डाटा प्रयोग गर्न मिल्नेगरी यो प्याक उपलब्ध गराइएको छ। यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट स्टार१४१५स्टार१स्टार९स्टार३ह्यास डायल गर्न सकिन्छ।

मोबाइलमा प्राप्त हुने डाटा प्याकमार्फत हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा समेत डाटा चलाउन सकिन्छ।

ग्राहकले स्टार१४१५ह्यास डायल गरेर त्यहाँ दिइएको निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन्।

कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ।

बैशाख २१, २०७८, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors