ad ad

कारोबार


लगातार दोस्रो वर्ष विश्वभरका उत्कृष्ट १० पीसीटी फाइलर्समा ओपो समावेश

लगातार दोस्रो वर्ष विश्वभरका उत्कृष्ट १० पीसीटी फाइलर्समा ओपो समावेश

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार १०:१३,

अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले आफू सञ्चालनमा रहेका ४० देश तथा क्षेत्रमा बौद्धिक सम्पत्तिको सम्मान तथा रक्षा गर्दै आफ्ना समग्र नयाँ सफलताहरुको समिक्षा गरी २१औँ वर्ल्ड ईन्टेलेक्चुअल प्रपर्टी (आईपी) दिवश मनाएको छ।

वर्ल्ड ईन्टेलेक्चुअल प्रपर्टी अर्गनाइजेशन (डब्ल्यूआईपीओ)का अनुसार ओपो यसपटक पनि गरी लगातार दोस्रो वर्ष अर्थात् सन् २०१९ र २०२०का लागि उत्कृष्ट १० प्याटेन्ट कोअपरेशन ट्रिटीमा पर्न सफल भएको छ।

सन् २०२१ मार्च ३१ सम्ममा ओपोले ६१ हजार प्याटेन्ट्स फाइल गरी सकेको छ र ग्लोबल्लि २६ हजार प्याटेन्टको स्वामित्व कम्पनीको अधिनमा छ। ती मध्य ८९ प्रतिशत प्याटेन्ट एप्लिकेशन्स वा ५४ हजार यूटिलिटी प्याटेन्ट्स रहेका छन्। यीनले मोबाइल उपकरण निर्माताको अभूतपूर्व सफलताको प्रतिनीधित्व गर्छ।

‘विश्व आईपी दिवस, आम मानिसमा आईपी एसेट्स जोगाउन सचेतना जगाउनका लागि एउटा राम्रो अवसर हो।

बृहत्त आईपी पोर्टफोलियोका साथ विकासको द्रुत गतिमा रहेको प्राविधिक कम्पनीका रुपमा ओपो भविष्यका लागि प्राविधिक अन्वेषण र विकासका निमित्त थप लगानी गर्न प्रतिबद्ध छ’, ओपोको ईन्टेलेक्चुअल प्रपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने,‘यिनैका आधारमा हामी आफ्ना विश्वभरका प्रयोगकर्ताहरुका लागि हाम्रा उत्कृष्ट नवप्रबर्तनहरु निरन्तररुपमा पस्किरहने छौँ।’

विगतका वर्षहरुमा ओपोले भर्चुओस ईन्नोभेशनको नीति पछ्याउँदै आफूलाई वैश्विक ब्राण्डका रुपमा स्थापित गरिसकेको छ। कम्पनीले फाइभजी, फ्ल्याश चार्ज, एआई तथा ईमेज लगायत क्षेत्रमा औद्योगिक रुपमा अग्रणी विशेषज्ञतापनि हासिल गरिसकेको छ।

५जीका प्रबर्तकका रुपमा ओपोले ग्लोबल प्याटेन्ट एप्लिकेशन्सका ३ हजार ७ सय भन्दा बढी फेमिलिज फाइल गराइ सकेको छ, यूरोपियन टेलिकम्यूनिकेशन्स स्ट्याण्डर्ड ईन्ष्टिच्यूट (ईटीएसआई) अन्तर्गत फाइभजी स्ट्याण्डर्ड प्याटेन्टका १ हजार ५ सय भन्दा बढीको संख्यामा फेमिलिज घोषणा र ३ हजार भन्दा बढी फाइभजी स्ट्याण्डर्ड सम्बन्धि प्रस्ताव थर्ड जेनेरेशन पार्टनरशिप प्रोजेक्ट (थ्रीजीपीपी) लाई हस्तान्तरण गरिसकेको छ।

साथै, अग्रणी जर्मन रिसर्च ईन्स्टिच्यूट आईप्लिटिक्सका अनुसार ५जी प्याटेन्ट फेमिलिज अन्तर्गत सन् २०२१मा धोषणा गरिएको संख्याका आधारमा ओपो उत्कृष्ट १० कम्पनी मध्यको पनि एक हो।

फ्ल्याश चार्ज अन्तर्गत ओपोले विश्वभर ३ हजार प्याटेन्टका लागि निवेदन दिइ सकेको छ भने, १ हजार ५ सय भन्दा बढी प्याटेन्टको स्वामित्व हात पारिसकेको छ। त्यसैगरी, कम्पनीले ४० भन्दा बढी कम्पनीलाई फ्ल्याश चार्ज प्रविधिको अनुमतिपनि प्रदान गरिसकेको छ।

सन् २०२१मा ओपोले आफ्नो नयाँ प्रोजेक्ट द फ्ल्याश ईनिशिएटिभ अन्तर्गत आफ्नो स्वामित्वमा रहेको भोक प्रविधि अटोमोबिल्स, पब्लिक स्पेस र विभिन्न प्रकारका प्रविधिका लागि प्रयोगहुने चिप्सका लागि पनि उपलब्ध गराउन थालेको छ।

एआई अन्तर्गत ओपोले २ हजार ४ सय ५० भन्दा बढी ग्लोबल प्याटेन्ट एप्लिकेशन्स विशेषगरी, कम्प्युटर भिजन, स्पिच प्रविधि र मेसिन लर्निगं लगायत क्षेत्र अन्तर्गत दर्ता गराइसकेको छ।

त्यसैगरी ओपोले आफ्ना सुरुवाती दिनदेखि नै विशेष प्राथमिकता दिँदै आएको र विज्ञता हासिल क्षेत्र ईमेज अन्तर्गत ८ हजार ३ सय ईमेज प्याटेन्ट्स विश्वभर दर्ता गराइसकेको छ भने, २ हजार ९ सय प्याटेन्टको स्वामित्वपनि हात पारिसकेको छ।

एक टेक ब्राण्डका रुपमा ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ भन्ने आफ्नो अवधारणा पछ्याउँदै आफ्ना भर्चुओस ईन्नोभेशन मार्फत नवप्रबर्तनात्मक उत्पादन तथा सेवा पस्कँदै सबैको फाइदाका लागि ओपो सदैव तत्पर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .