हाल कोभिड–१९ तीव्र गतीले बढिरहेको अवस्थामा हामी सबै स्वस्थ र सुरक्षित रहनु अत्यावश्यक छ।
कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको हुँदा घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाइरोसिल्ड एकदम उपयुक्त मानिएको छ।
२ देखि ६ मिनेटभित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशत भन्दा बढी कोभिड–१९ भाइरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ।
भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ। भाईरोसिल्डमा विविध सरसामग्रीहरु राख्न मिलेता पनि औषधि, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन।
आइसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाइरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ। कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेको र हामी मात्र नभई हाम्रा सरसामग्रीहरु पनि संक्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाइरोसिल्ड निकै उपयोगी ठहरिने विश्वास गरिएको छ।
गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी ईलेक्ट्रोनिक्सको ईओएल प्रा. लि. ले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।
Shares
प्रतिक्रिया