ad ad

कारोबार


अत्यावश्यक ढुवानीका सवारीसाधनले स्पष्ट देखिने गरी ब्यानर टाँस्नुपर्ने

अत्यावश्यक ढुवानीका सवारीसाधनले स्पष्ट देखिने गरी ब्यानर टाँस्नुपर्ने

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ११:४,

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढुवानीका सवारीसाधनले स्पष्ट देखिने गरी ब्यानर राख्न अनुरोध गरेको छ।

मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आयात, ढुवानी, संचय र वितरण गर्ने कार्यलाई नियमित बनाउन अनुरोध गरेको हो।

मन्त्रालयले जारी गरेको सूचनाअनुसार दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको आयात, ढुवानी, सञ्चय र वितरण गर्ने कम्पनी, उद्योग र संस्थाहरुले प्रयोग गर्ने सवारीसाधनको विवरण जिल्ला प्रमुख अधिकारीलाई जानकारी गराउन आग्रह गरेको छ।

dhuwani banner2021

विवरणमा सवारी साधनको नम्बर, ढुवानी किसिमसहित कामदार कर्मचारीहरुको नामा, ठेगाना र मोबाइल नम्बरको विवरण औपचारिक पत्रबाट जानकारी गराउने र अफु दर्ता भएको संस्थको प्रमुखलाई विद्युतीय माध्यमबाट जानकारी गराउनु पर्ने उल्लेख गरेको छ।

प्रमुख जिल्ला अधिकारी र आफ्नो संस्था दर्ता भएको संस्थाको प्रमुखलाई संबोधन गरी पठाएको पत्रको एक÷एक प्रति चालक र कामदार कर्मचारीले आफ्नो परिचयपत्रसहित साथमा राख्नुपर्नेछ।

ढुवानीको सवारी साधनमा सबैले देख्नेगरी अगाडी व्यानर राख्नुपर्ने छ। दैनिक अत्यावश्यक उपभोग्य वस्तुहरुको ढुवानी सेवाका लागि उपयोग गरिएको सवारीमा चालक र कामदार कर्मचारी बाहेक अन्य व्यक्ति नराख्न अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .