ad ad

कारोबार


सबै उडान बन्द हुँदा पनि भारतमा हप्ताको दुई उडान हुने

सबै उडान बन्द हुँदा पनि भारतमा हप्ताको दुई उडान हुने

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ८:५५,

सरकारले आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडान बिहीबार रातिदेखि बन्द हुने जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैशाख २३ राति १२ बजेदेखि वैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको हाे।

स्वास्थ्य मापदण्डको पूर्ण पालनागरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्ने गरी नेपाल र भारतबीच कायम एयर बबल सुविधाअन्तर्गतका दुईतर्फी उडानहरु हप्ताको दुईवटामा सीमित गर्ने निर्णय भएको छ।

भारतबाट नेपालमा आएका क्वारेन्टिनमा बसे नबसेको दैनिक अनुगमन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले गर्नेछ।

अनुगमनको प्रतिवेदन कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा पेश गर्नुपर्ने निर्णय गरेको छ।

udan feri banda2021

मन्त्रालयले भारतमा हप्ताको दुई उडान ‘ओपन विन्डो’को रुपमा हुने जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले वैशाख २३ गतेदेखि ३१ गतेसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द भएका छन्।

‘आन्तरिक उडान मंगलबारबाट पूर्णरुपमा बन्द हुन्छन्’, अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय उडान भारतमा हप्ताको २ वटा हुने र बाँकी सबै देशसँग वैशाख ३१ सम्म उडान बन्द हुन्छन्।’

कोभिड महामारीको कारण भारत आक्रान्त भएको बेला पनि ‘ओपन विन्डो’को रुपमा भारतमा २ उडान हुने उनले बताए।

यता नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले ६ मे अर्थात २३ गतेदेखि १४ मे अर्थात ३१ वैशाखसम्म सबै अन्तर्राष्ट्रिय उडान बन्द भएको पुष्टि गरे।

उनका अनुसार आन्तरिक उडान यो महिनामा आज मात्रै चल्नेछन्। सरकारले चाहेको अवस्थामा चार्टर्ड उडान हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .