ad ad

कारोबार


सवारीसाधनको राजस्व र नवीकरण शुल्क नागरिक एपबाटै तिर्न सकिने

सवारीसाधनको राजस्व र नवीकरण शुल्क नागरिक एपबाटै तिर्न सकिने

नेपालखबर
बैशाख २०, २०७८ सोमबार ८:२५,

सरकारले आइतबार सार्वजनिक गरेको फुल भर्जनको नागरिक एपबाटै सवारी साधनको राजस्व र नवीकरण शुल्क तिर्न सकिने भएको छ।

डिजिटल नेपालको अभियानअन्तर्गत सबै सरकारी सेवालाई नागरिक एपबाट सञ्चालन गर्ने उद्देश्यअनुसार सवारी कर एपबाटै तिर्न सकिने जनाएको हो।

सवारी साधन कर तिर्नको लागि लाइनमा बस्नुपर्ने तथा दलाललाई पैसा दिएर नवीकरण तथा राजस्व तिर्नुपर्ने बाध्यता छ। सवारीसाधनको राजस्वसँगै तेस्रो पक्ष बीमा समेत अनलाइन भुक्तानी व्यवस्था मिलाउने बताइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नागरिक एपबाट यातायातको राजस्व तथा नवीकरण शुल्क तिर्न सकिने गरी यातायात व्यवस्था विभागअन्तर्गतका यातायात कार्यालयहरुमा आवश्यक सिस्टम राख्ने काम भइरहेको छ।

यातायात व्यवस्था विभाग र यातायात कार्यालयले सबै पुरानो रेकर्डलाई अनलाइनमा राख्ने काम गरिरहेका छन्। पुरानो रेकर्ड अनलाइनमा राखेसंगै सवारी साधनसम्बन्धी सबै कर नागरिक एपबाट बुझाउन सकिनेछ।

नागरिक एपबाटै भुक्तानीको व्यवस्था मिलाउनको लागि नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी सेवाप्रदायकलाई एपमा जोड्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .